लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

नेपालभ्युज

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी प्रदेश प्रमुखले हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी गराए । यसअघि लुम्बिनी प्रदेशसभाको आज दिउँसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved