विधि-प्रक्रियालाई बेवास्ता गर्दा कांग्रेस कमजोर बन्दै गयो : प्रकाशमान

नेपालभ्युज

विधि-प्रक्रियालाई बेवास्ता गर्दा कांग्रेस कमजोर बन्दै गयो : प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि प्रक्रियालाई बेवास्ता गर्दा सङ्गठन (कांग्रेस) कमजोर बन्दै गएको बताएका छन् । नेपाल ट्रेड यूनियन, दोलखा जिल्लाका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

“कांग्रेसको सङ्गठन अहिले जसरी पनि चलेको छ । तर, अब यसमा सुधारको खाँचो छ । विधि प्रक्रियालाई बेवास्ता गर्दा यो अवस्थामा पुगिएको छ । सबैले पार्टीको विधि प्रक्रियामा जोड दिनु दिनुपर्छ,” नेता सिंहले भने ।

नेता सिंहले अहिलेको समय बदलिँदो रहेको र त्यससँगै पार्टी सङ्गठन पनि बदलिनुपर्ने बताए । यदि अहिल्यै नबदलिए भविष्यमा अझ मुस्किल पर्ने उनले बताए । “कांग्रेसको सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्न जरुरी छ । पछिल्लो समय झन्‌झन् जटिल बन्दै गएकाले तमाम चुनौतीलाई सामना गर्नसक्ने सशक्त पार्टी निर्माणमा केन्द्रित हुनुपर्‍यो,” नेता सिंहले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved