ज्ञानेन्द्रले दुलोबाट चियाउँदैछन् : केपी ओली

नेपालभ्युज

ज्ञानेन्द्रले दुलोबाट चियाउँदैछन् : केपी ओली

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएको उपलब्धि खोस्न पूर्वराजा ज्ञानेन्द्र शाहले दुलोबाट चियाइरहेको आरोप लगाएका छन्।

उनले जनताको उपलब्धि खोस्न ज्ञानेन्द्रसँगै अनेक खालका शक्तिहरू सल्बलाउन थालेको पनि टिप्पणी गरे । पार्टी निकट मजदुर संगठन (जिफन्ट) को कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो अवस्थामा नेपाली जनता गम्भीर हुनुपर्ने औंल्याए।

उनले ज्ञानेन्द्र शाहले मुसाले बिरालो हेर्दै दुलोबाट बाहिर निस्कने अवस्था छ-छैन जस्तैगरी ‘दुलो’बाट हेरिरहेको दोहोर्‍याए। ‘लोकतन्त्र र जनताले पाएको उपलब्धिविरुद्ध,अनेक तत्त्व सल्बलाउन थालेका छन्’ उनले भने,–‘कोहीचाहिँ मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेरे जस्तै, अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर हेर्न थालेका छन्।’

अध्यक्ष ओलीले अहिलेको सरकार किन बसिरहेको छ ? भन्ने कुरा आफूलाई अचम्म लागेको भन्दै अर्थतन्त्र ध्वस्त पार्ने सरकार जनताको कसरी हुन्छ ? भन्ने प्रश्न गरे।‘यो सरकारले विकास र सामाजिक निर्माणको काममा ध्यान दिएको छैन’ उनले भने–‘अहिले कर्मचारीलाई तलब खुवाउन र सरकार छ भन्नेबाहेक अरू केही छैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved