स्वास्थ्यका लागि ‘खैरो’ खाना ठीक कि ‘सेतो’ ?

नेपालभ्युज

स्वास्थ्यका लागि ‘खैरो’ खाना ठीक कि ‘सेतो’ ?

एजेन्सी। स्वस्थ रहनका लागि के खानुपर्छ, के खानु हुँदैन र कस्तो खानेकुरा कति मात्रामा खाने भनेर जान्न एकदमै जरुरी हुन्छ । अहिलेको समयमा स्वस्थ खानपानको बारेमा एकदमै छलफल तथा चर्चा गर्न थालिएको छ ।

कतिपय मानिसले  केही खानेकुरालाईआफ्नो खानाबाट पूर्णरूपमा हटाएका छन् भने केही खानेकुरा मन पराउन थालेका छन् । स्वस्थ खानपानको विषयलाई लिएर विभिन्न छलफलहरू पनि हुने गर्दछन् । केही खानेकुरा यस्ता छन् जसलाई स्वस्थ विशेषज्ञले स्वस्थ खानाको श्रेणीमा राख्छन् भने केही खानेकुरालाई अस्वस्थ खानपानमा पर्दछन् । ह्वाइट फुड्स (सेतो खाना) वा ब्राउन फुड्स (खैरो खाना) यस विषयलाई लिएर पनि बहस हुने गर्दछ ।

त्यसो त, ब्राउन फुड्सलाई ह्वाइट फुड्स भन्दा स्वस्थकर मानिने गरिन्छ । खानामा पनि ह्वाइट ब्रेड, राइस तथा सुगरको ठाउँमा ब्राउन ब्रेड, राइस र गुड खाने सल्लाह दिइन्छ । के यो साँचो हो । के ब्राउन फुड्स ह्वाइट फुड्सको तुलनामा राम्रो हुन्छ त ? यसबारे बुझौं ।

ब्राउन राइसमा ह्वाइट राइसको तुलनामा अलि धेरै फाइबर हुन्छ । तर, यसमा पाइने फाइटिक एसिड खानामा हुने माइक्रो–न्युट्रियन्ट्सलाई अब्जर्बसनमा बाधा पुर्‍याउँछ । त्यसैले, पेटसम्बन्धी कतिपय समस्याको कारण पनि बन्न सक्छ।

ब्राउन राइस पचाउन त्यति सजिलो हुँदैन । यसलाई पचाउन जोकोहीलाई गाह्रो पर्छ। ह्वाइट सुगर र ब्राउन सुगरको न्युट्रिसनमा पनि थोरै मात्र अन्तर हुन्छ। यदि, खैरो र सेतो अण्डाको कुरा गर्ने हो भने दुवैमा न्युट्रिसनहरू एउटै खालको हुन्छ।

ब्राउन ब्रेड ह्वाइट ब्रेडको तुलनामा स्वस्थ मानिन्छ । यसलाई गहुँबाट बनाइएको हुन्छ । यसमा धेरै पोषक तत्व तथा फाइबर हुन्छ ।
यसरी रोज्ने आफ्नो खाना विशेषज्ञहरूलाई मान्ने हो भने, रंगलाई मात्र हेरेर आफ्नो खाना छान्नु हुँदैन । बरु त्यो खानाभित्रको पोषक तत्वलाई हेरेर रोज्नुपर्दछ।

साथै सन्तुलित भोजनका लागि सही मात्रा पनि निर्धारण गर्नुपर्दछ । स्वस्थ खाना खानु मात्र भन्दा पनि कति खाने भन्नेमा पनि भर पर्दछ । त्यसैले आफ्नो समय तथा क्षमताअनुसारको खानपानलाई मिलाएर एउटा सन्तुलित भोजन तयार गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved