तौल कम हुन नदिने हर्मोन

नेपालभ्युज

तौल कम हुन नदिने हर्मोन

एजेन्सी। यदि तपाईंको व्यायाम र डाइटिंगपछि पनि तौल कम भइरहेको छैन भने केही हर्मोनहरूको कारण यसो भइरहेको छ भन्ने बुझ्नुपर्छ । त्यसैले, यस्ता हर्मोनहरूका बारेमा जान्न जरुरी छ । जो तौल बढाउनका लागि जिम्मेवार हुन्छन्।

हर्मोनले शरीरका कैयौं कामहरूलाई नियन्त्रित गर्ने काम गर्छन् । यी मोटोपन पैदा गर्ने आम कारण मध्य एक पनि हुन् । लेप्टिन, इन्सुलिन, सेक्स तथा ग्रोथ हर्मोन भोक, मेटाबोलिज्म, तनाव तथा शरीरमा फ्याट परिचालनलाई प्रभावित गर्ने गर्दछन् । यी हर्मोनहरूले मेटाबोलिज्मलाई गडबड गराई शरीरमा बोसो जम्मा गर्ने गर्दछन् । आउनुहोस् जानौं ती हर्मोनहरूका बारेमा–

१. हाई कोर्टिसोल

शरीरले आफ्नो कामलाई राम्रो बनाउनका लागि कैयौं हर्मोनहरूको आवश्यकता पर्दछ । ती मध्ये एउटा कोर्टिसोल पनि हो । कोर्टिसोल शरीरमा एडे«नल ग्ल्यान्डबाट उत्पादित हुन्छ ।

यदि, लामो समयसम्म तनाव वा कुनै बिमारीको कारणले शरीरमा कोर्टिसोलको मात्रा धेरै हुन्छ, त्यसपछि शरीरमा कैयौं खतरनाक बिमारीहरू जस्तै मांशपेसी कमजोर हुने, हाइपरटेन्सन, मोटोपन आदिले जन्म लिन्छन् । यसबाट बच्नका लागि क्यामोमाइल फूलको चियालाई आफ्नो खानपानमा समावेश गर्न सकिन्छ ।

क्यामोमाइलको सेवनले पेटको गडबडी, मोटोपनको समस्या तथा डराउने खालको समस्याका लागि फाइदाजनक हुन्छ । किनकि, यसमा एन्टीअक्सीडेन्ट, एन्टी माइक्रोबियल तथा एन्टी इन्फ्लामेटरी गुण हुन्छ । क्यामोमाइलको चिया सुत्नुभन्दा आधा घण्टा अघि पिउन सकिन्छ ।

२. एस्ट्रोजन डोमिनेंस

जब शरीरमा प्रोजेस्टेरोनको तुलनामा एस्ट्रोजनको मात्रा बढेको अवस्था देखिने हर्मोन हो । मेटाबोलिज्ममा परिवर्तन, मेनोपज वा एस्ट्रोजन तथा प्रोजेस्टेरोनको मात्रामा असन्तुलनका कारण एस्ट्रोजन डोमिनेंस देखिन्छ । जो एकदमे खतरनाक हुन सक्छ ।

यसले तौल बढ्ने समस्या हुन सक्छ । यसका लागि अश्वगन्धालाई आफ्नो खानपानमा समावेश गर्न सकिन्छ ।

३. थाइराइड असन्तुलन

गलत खानपान, जीवनशैली तथा स्वास्थ्यसँग जुडिएको कारणले थाइराइड हर्मोन असन्तुलित हुन्छ । यस समस्यामा डिप्रेसन, तौल बढ्नु, मांसपेशीको कमजोरी जस्ता लक्षणहरू देखिन्छन् ।

आफूले सबै चिज सन्तुलित गर्दा पनि तौलमा घटबढ भइरहेको जस्तो लाग्छ भने थाइराइड जाँच गर्नुपर्दछ । यसले तौल बढ्ने समस्याको कारण बन्न सक्छ । यसका लागि ब्राजील नट्स खानु फाइदाजनक हुन्छ ।

४. इन्सुलिन रेजिस्टेन्स

इन्सुलिन प्यानक्रियाजबाट निर्माण हुने हर्मोन हो । जब हामीले कार्ब्स खान्छौं तब ग्लुकोजमा परिवर्तन हुन्छ । जसले शरीरलाई ऊर्जा दिने काम गर्छ । शरीरले बढेको ग्लुकोजलाई नियमित गर्दछ । तर, कहिलेकाही गलत खानपान, धुम्रपान तथा मध्यपान गर्नाले पनि ग्लुकोजको मात्रा बढ्छ । जब ग्लुकोज रगतमा जान्छ यसलाई इन्सुलिन रेजिन्टेन्स भनिन्छ ।

तपाईं इन्सुलिन सन्तुलन गर्नका लागि दालचिनीको चिया पिउन सक्नुहुन्छ । जर्नल अफ डायबिटिज साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित एक शोधअनुसार दालचिनी इन्सुलिन सेन्सेटिबिटीलाई बढाउन मद्दत गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved