नयाँ दिल्लीको आकाशबाट पनि अघि बढ्यो फ्लाई दुबई

जहाँ उड्नासाथ एउटा इन्जिनमा सामान्य आगो बलेको थियो । के कारणले आगो लागेको हो भन्नेबारे खुलिसकेको छैन ।

नेपालभ्युज

नयाँ दिल्लीको आकाशबाट पनि अघि बढ्यो फ्लाई दुबई

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ समस्या देखिएको फ्लाई दुबईको जहाज गन्तव्यतर्फ नै अघि बढेको छ ।

उड्नासाथ समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरणको गराउने तयारी गरिएको जहाज भारतको राजधानी नयाँ दिल्लीमा अवतरण गर्ने भनेर पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए ।

तर, अहिले जहाज नयाँ दिल्लीको आकाश कटेर पनि दुबईतिरै अघि बढिसकेको छ । जहाजको अवस्था सामान्य रहेकाले अघि बढाइएको बताइएको छ ।

जहाँ उड्नासाथ एउटा इन्जिनमा सामान्य आगो बलेको थियो । के कारणले आगो लागेको हो भन्नेबारे खुलिसकेको छैन ।

फ्लाई दुबई सुरक्षित साथ गन्तव्यतर्फ लाग्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved