रवि-स्वर्णिम जित नजिक पुग्दा सत्ता गठबन्धन एमालेसँग ‘टक्कर’ लिँदै

आइतबार उपनिर्वाचन भएका तीनवटै निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ १ र चितवन २ मा चमत्कारिक अग्रता लिइरहेको छ ।

नेपालभ्युज

रवि-स्वर्णिम जित नजिक पुग्दा सत्ता गठबन्धन एमालेसँग ‘टक्कर’ लिँदै

काठमाडौं । आइतबार उपनिर्वाचन भएका तीनवटै निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ १ र चितवन २ मा फराकिलो अग्रता लिइरहेको छ ।

यी दुई निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र एमाले उम्मेदवार निकै पछि छन् । रास्वपा उम्मेदवार रवि लामिछाने र स्वर्णिम वाग्ले भन्दा कांग्रेस र एमाले उम्मेदवार निकै पछाडि एक अर्काबीच को दोस्रो हुने भन्नेमा प्रतिस्पर्धा गरिरहेका छन्।

चितवनमा रास्वपा सभापतिसमेत रहेका लामिछाने बाँकी सबै प्रतिस्पर्धी उम्मेदवारको मत एकैठाउँ जोड्दा भन्दा पनि अगाडि छन् । तनहुँमा डा. स्वर्णिम वाग्ले त जित नजिक पुगिसकेका छन् । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले हार स्वीकार गरिसकेका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनाल निकै पछाडि छन्।

चितवनमा पनि अवस्था उस्तै छ । प्रतिस्पर्धीले हार स्वीकार गर्न नसकेपनि गणना भइसकेको क्षेत्र र मतको अवस्था हेर्दा रास्वपा सभापति लामिछानेको जित सुनिश्चित भैसकेको छ । मंसीर ४ मा एमालेको बढी मत आएको क्षेत्रमै लामिछानेले फराकिलो अग्रता बनाउँदै गएकोले उनको जित निश्चित देखिएको हो । यहाँ एमाले उम्मेदवार रामप्रसाद न्यौपाने र गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठबीच दोस्रो र तेस्रोको लागि मात्रै प्रतिस्पर्धा हुने देखिन्छ ।

यता बारा २ मा भने अहिलेसम्म गठबन्धनका उम्मेदवार एवम् जसपा अध्यक्ष उपेन्द्र यादव झिनो मतले अगाडि देखिन्छन् । यहाँ रास्वपा उम्मेदवार रमेश खरेलले अपेक्षाकृत मत पाएको देखिएको छैन । तर, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई टक्कर दिइरहेका छन्। यहाँ एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको पनि अपेक्षाकृत मत आएको देखिन्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved