कम्युनिस्टहरूलाई प्रधानमन्त्रीको आग्रह- आउनुस् विनापूर्वाग्रह आत्मसमीक्षा गरेर फेरि एक बनौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका कम्युनिष्टहरू एकठाउँ उभिने बेला आएको बताएका छन् ।

नेपालभ्युज

कम्युनिस्टहरूलाई प्रधानमन्त्रीको आग्रह- आउनुस् विनापूर्वाग्रह आत्मसमीक्षा गरेर फेरि एक बनौँ

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका कम्युनिष्टहरू एकठाउँ उभिने बेला आएको बताएका छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफू सधैँ कम्युनिष्ट ध्रुवीकरणकै पक्षमा रहेको उल्लेख गर्दै उनले भनेका छन्, “हामीले सधैँ भन्दै आएको त  के भने कम्युनिष्टहरू एकठाउँ नै हुनुपर्छ, त्यसका लागि के-कस्ता पहलहरू गर्नुपर्छ, गरौँ ।”

अगाडि उनले भनेका छन्, “कम्युनिष्ट आन्दोलन एकता, सङ्घर्ष र विभाजनकै रूपमा अगाडि बढिरहेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा पनि त्यही एकता, सङ्घर्ष र विभाजन नै देखिन्छ । नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुग्दा पनि यही नै यही वरिपरि घुमिरहेको देखिन्छ ।”

उनले पुन: नेकपातिरै फर्किनु बेस हुनेसमेत बताए । मञ्चमा बसिरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालतिर सङ्केत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “अब पुन: नेकपा फर्किँदा बेस हुन्छ । यो गर्न पनि पछि पर्नु हुँदैन ।”

उनले कम्युनिष्टहरू अलग हुँदा अपेक्षित परिणाम दिन नसकिएको बताए । “कम्युनिष्ट पार्टीहरू अलग हुँदा हामीले परिणाम दिन सकेनौँ । अब समय आएको छ, आउनूस् कमरेडहरू अब कम्युनिष्ट पार्टीहरू एकठाउँ बनाउँ र जनताको पक्षमा काम गरौँ,” उनले भनेका छन् ।

उनले विगतमा एमालेसँग एकता भएको भएपनि त्यसलाई बचाइराख्न नसकेको उल्लेख गर्दै दु:ख व्यक्त गरे । “हामीले एकता गर्‍यौँ, त्यसलाई जनताले अनुमोदन पनि गरे । तर, त्यसलाई हामीले बचाइराख्न सकेनौँ । हामी फन्डामेन्टल तहबाटै छुट्टियौँ । अब पुन: जुट्नुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved