धुम्रपान गर्ने व्यक्तिलाई सबैभन्दा धेरै हुन्छ यी ५ समस्या

नेपालभ्युज

धुम्रपान गर्ने व्यक्तिलाई सबैभन्दा धेरै हुन्छ यी ५ समस्या

एजेन्सी। धुम्रपान गर्ने व्यक्तिमा स्वास्थ्य समस्याहरू देखिने खतरा धेरै हुन्छ । यस्ता व्यक्तिमा रक्तचाप, हृदयघात वा उच्च कोलेस्ट्रोल जस्ता समस्याहरूको खतरा धेरै हुन्छ । आउनुहोस् जानौं धुम्रपान गर्ने व्यक्तिमा कस्ता खालका बिमारी धेरै देखिन्छ।

सुक्खा आँखा

धुम्रपान गर्ने व्यक्तिहरूमा आँखा सुक्खा हुने समस्या अत्यधिक हुन्छ। किनकि, धुम्रपान गर्नाले आँखामा पर्याप्त मात्रामा आँसु बन्दैनन् जसले गर्दा आँखामा सुक्खापन आउँछ । जो सुक्खा आँखा हुने कारण बन्न सक्छ।

उच्च रक्तचाप

धुम्रपान गर्ने बानीले उच्च रक्तचापको खतरा निम्तिन सक्छ । यसमा पाइने निकोटिनले रक्तचाप बढाउँछ र नसाहरूमा हुने रक्तसञ्चारमा दबाब सिर्जना गर्न सक्छ । जसले गर्दा मुटुसम्बन्धी समस्या पनि हुन सक्छन् ।

उच्च कोलेस्ट्रोल

धुम्रपान गर्नाले कोलेस्ट्रोलको स्तर बढ्न सक्छ । यसमा निकोटिन हुन्छ जसले एलडीएल कम हुन्छ र कोलेस्ट्रोललाई बढाउन मद्दत गर्छ । एचडीएलले कोलेस्ट्रोलको स्तरलाई घटाउने काम गर्छ ।

क्यान्सर

धुम्रपान गर्नाले शरीरका कोशिकाहरूमा प्रभावित गर्दछ । यस्तोमा सेल्सहरूले डीएनएमा हुने ड्यामेजलाई रिपेयर गर्न सक्दैन जसले गर्दा शरीरमा क्यान्सर हुने खतरा बढेर जान्छ । यसले थ्रोट क्यान्सर, इसोफोगस क्यान्सर आदि हुन सक्छ ।

मुटुको बिमारी

धुम्रपान नगर्ने व्यक्तिको तुलनामा गर्ने व्यक्तिमा मुटुसम्बन्धी विमारी धेरै हुने गर्छ । यसले हार्ट स्ट्रोक, हार्ट अट्याक आदि हुने अत्यधिक सम्भावना हुन्छ । धुम्रपान धेरै गर्नाले मुटुका मसल्सहरू कमजोर हुँदै जान्छन् जसले गर्दा मुटु रोगको खतरा बढ्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved