चितवनमा सुरू भयो मतदान

नेपालभ्युज

चितवनमा सुरू भयो मतदान

काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। सबै केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यकाअनुसार यस क्षेत्रमा ४३ मतदानस्थल र १३८ केन्द्र छन्। ६९० कर्मचारी निर्वाचनमा खटिएका छन्। यस क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका रहेको उनले बताए।

तीमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् । निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले आइतबार अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता विवादका कारण लामिछानेको सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन गरिएको हो।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्। अन्य १९ जना उम्मेदवार पनि चुनावी मैदानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved