गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारी पदमुक्त, गठबन्धनलाई खुल्यो बाटो

अब कांग्रेस-माओवादी केन्द्रबीच आलो-पालो

खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनी नेतृत्वको प्रदेश सरकार ढलेको हो ।

नेपालभ्युज

गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारी पदमुक्त, गठबन्धनलाई खुल्यो बाटो

काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनी नेतृत्वको प्रदेश सरकार ढलेको हो ।

विश्वासको मत पाउँ भनि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा २४ मत पर्‍यो भने विपक्षमा ३५ सांसदहरू उभिए । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई सरकारलाई निरन्तरता दिनका लागि ३१ सांसदहरूको समर्थन चाहिन्थ्यो । तर, उनको प्रस्तावको पक्षमा २४ जनामात्रै सांसदहरू उभिए । बैठकमा ५९ सांसदहरूको उपस्थिति रहेको थियो ।

अब कांग्रेस-माओवादी केन्द्रबीच आलो-पालो

अधिकारी नेतृत्वको सरकार ढलेसँगै गठबन्धनलाई नयाँ सरकार गठनको बाटो खुलेको छ । अब त्यहाँ केन्द्रीय गठबन्धनअनुसारको सरकार गठन हुनेछ । मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेसका संसदीय दलका नेता राजेन्द्र राज पाण्डेले आलोपालो गर्ने सहमति भइसकेको नेताहरूले बताएका छन् ।

सभामुखबाहेक ७ सदस्यीय माओवादी केन्द्र र २७ सदस्य रहेको कांग्रेस मिल्दा सरकार बनाउन सहज बहुमत पुग्छ । यसमा मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेका राजीव गुरूङ गर्फ दीपक मनाङे पनि एकीकृत समाजवादीबाट थपिँदा गठबन्धनतर्फ ३५ सदस्य पुग्छ । जुन सरकार गठनका लागि ‘इजी मेजरिटी’ हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved