प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

पछिल्लो राजनीतिक घट्नाक्रम र संबैधानिक नियुक्तिका बिषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटपछी ओलीले समसामयिक विषयमा कुराकानी भएको बताए।‘अहिलेसम्म त्यस्तै र त्यस्तै छ’ ओलीले भने–‘विभिन्न समसामयिक विषयमा कुराकानी भयो,निर्णय केही भएन।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा पुगेर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतसँग छलफल गरेका थिए।

प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरुका बीचमा कुराकानी भएको बताए।‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्,कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडी बढाउने भन्ने विषयमा छलफल भयो’ ओलीको ब्रिफिङपछी गिरीले भने।

ओलीसँगको भेटबारे प्रधानमन्त्री प्रचण्डको सचिवालयले पनि सोही कुरा बताएको छ। दुई नेताबिच समसामयीक घट्नाक्राबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए।संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन।

प्रधानमन्त्री दाहालले बुधबार बिहान  पनि संवैधानिक परिषद् बैठक बोलाएका थिए। बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय भएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved