कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ? दिल्ली नै लैजानुपर्ने कारण के ?

निमोनियाको उपचार नेपालमै हुने भएपनि उपचारका लागि विदेश नै लैजानुपर्ने कारण सार्वजनिक भएको छैन। उनले भारतमै पुगेर उपचार गराउने त्यहाँ राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ।

नेपालभ्युज

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ? दिल्ली नै लैजानुपर्ने कारण के ?

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार भइरहेको छ।
उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न रहेको छ। उनको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारतको एम्स अस्पताल लगिएको थियो।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।

सचिवालयले विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट थप उपचारका लागि दिल्ली प्रस्थान गरेको जनाएको छ।

राष्ट्रपति पौडेल गत चैत १८ गते पनि पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। ५ दिन भर्ना भएर उपचार गराएका पौडेल वैशाख ४ गते फलोअप परीक्षणका लागि पुनः अस्पताल पुगेका थिए। शीतल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेल फोक्सोमा संक्रमण र पानी जमेको पाइएको छ। निमोनियाका कारण पानी जम्नुलाई जटिल स्वास्थ्य समस्या मानिन्छ।
त्रिवि शिक्षण अस्पतालले त्यस बेला बायाँ छातीको तल्लो भागबाट तरल पदार्थ ‘प्ल्युरल फ्लुइड’ निकालेर परीक्षण गरिएको विज्ञप्तिमार्फत जनाएको थियो।
निमोनियाको उपचार नेपालमै हुने भएपनि उपचारका लागि विदेश नै लैजानुपर्ने कारण सार्वजनिक भएको छैन।

उनले भारतमै पुगेर उपचार गराउने त्यहाँ राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ। स्रोतका अनुसार राष्ट्रपति पौडेलले उपचारसँगै अनौपचारिक राजनीतिक भेटघाट समेत गर्ने गरी दिल्ली गएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसंध्यामा राष्ट्रपति पौडेलले अनौपचारिक राजनीतिक भेटघाट गर्ने स्रोतको दाबी छ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको निम्तो पाइसकेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाएका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved