महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका ३ जनाको मृत्यु

नेपालभ्युज

महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका ३ जनाको मृत्यु

जनकपुरधाम। महोत्तरीमा बसको ठक्करबाट मोटरसाइकल चालकसहित एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बे ट्रयाकनजिकै बा. ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेस प्रदेश ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका चालक र उनकी भतिजीकोको शुभ स्वस्तिक अस्पताल बर्दिबास र श्रीमतीको ट्रमा सेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved