कोरोना सङ्क्रमण देखिए ७ दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

नेपालभ्युज

कोरोना सङ्क्रमण देखिए ७ दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका हुन् ।

उनका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेसनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए भने आइसोलेसनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेसनमा बसेर आठौँ दिनमा बाहिर निस्के पनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।

मन्त्रालयले आइसोलेसनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुुन आग्रह गरेको छ ।

अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । मंगलबार एक सय ७१ जनामा सङ्क्रमण, दुई जनाको निधन र तीन सय ९७ जना सङ्क्रिय सङ्क्रमित पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved