राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

नेपालभ्युज

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं। स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट उनलाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेललाई ३ दिनदेखि पेटको समस्या देखिएको थियो।राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

पौडेलको उपचार नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा हुनेछ । पौडेलले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको भए पनि परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लगिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved