गृहमन्त्रीको प्रण- मिटरब्याज पीडितहरूलाई न्याय दिएरै छाड्छु

नेपालभ्युज

गृहमन्त्रीको प्रण- मिटरब्याज पीडितहरूलाई न्याय दिएरै छाड्छु

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिलाउने प्रण गरेका छन् ।

मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले यस्तो प्रण गरेका हुन् । “मिटरब्याज पीडितहरूलाई कुनै पनि हालतमा न्याय दिएरै छाड्नेछौँ,” उनले भने ।

पीडितहरूलाई न्याय दिने नाममा न्याय दिलाउन गरिएको काममा भाँजो हाल्ने काम कतिपय पक्ष तथा व्यक्तिहरूले गरिरहेको उल्लेख गर्दै उनले भनेका छन्, “आयोग बनेर पनि काम सुरू भइसकेको छ । अब उसले काम टुङ्ग्याउँछ र पीडितहरूले न्याय पाउनेछन् । पीडितहरूको पक्षमा रहनेहरूप्रति सम्मान छ, त्यसले सरकारलाई सहयोग नै पुर्‍याउँछ । तर, न्याय दिने नाममा भइरहेको काममा भाँजो हाल्ने काम कसैले नगरोस् भन्ने चाहन्छु ।”

सोमबार पीडितहरूमाथि लाठी प्रयोग भएको घटनाप्रति आफू दुखी भएको सुनाउँदै गृहमन्त्री श्रेष्ठले आफूले प्रहरी बललाई संयमता अपनाउन हर्दम सुझाव दिइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved