रास्वपा, राप्रपा र जसपाले गरे संसदीय समितिमा सांसदको नाम सिफारिस (सूचीसहित)

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार उनीहरूले संघीय संसद् सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएका हुन् ।

नेपालभ्युज

रास्वपा, राप्रपा र जसपाले गरे संसदीय समितिमा सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभाको संसदीय समितिहरूमा सांसद सिफारिस गरेका छन् ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार उनीहरूले संघीय संसद् सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएका हुन् ।

रास्वपाले अर्थ समितिमा विराजभक्त श्रेष्ठ र हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र पर्यटन समितिमा शिशिर खनाल, उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीको नाम पठाएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा सोबिता गौतम र सन्तोष परियार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र बिनिता कठायत, महिला तथा सामाजिक समितिमा लक्ष्मी तिवारी, राज्य व्यवस्था तथा सुशासन समितिमा डोलप्रसाद अर्याल र डा. चन्दा कार्की, पूर्वाधार विकास समितिमा शिव नेपाली र निशा डाँगी परेका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. तोसिमा कार्की र सुमना श्रेष्ठ र सार्वजनिक लेखा समितिमा असिम शाह र मनिष झाको नाम सिफारिस गरिएको छ ।

राप्रपाले अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंहलाई समावेश गर्न अनुरोध गरेको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरेको छ भने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको छ ।

यस्तै महिला तथा सामाजिक मामिला समितिमा रोशन कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धिमान तामाङ, पूर्वाधार विकास समितिमा दीपक बोहोरा र बीना लामा तथा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विना जैशवाल सिफारिसमा परेका छन् ।

यस्तै जसपाले अर्थ समितिमा वीरेन्द्र महतोलाई पठाउने निर्णय गरेको हो ।

पूर्वाधार तथा विकास समितिमा सुशीला झा, उद्योग समितिमा रेखा यादव, कृषि नवलकिशोर साह, महिला तथा सामाजिक समितिमा मञ्जु शर्मा, कानुन न्याय तथा मानव अधिकार समितिमा रञ्जु ठाकुर झा, लेखामा प्रदीप यादव, राज्य व्यवस्थामा प्रकाश अधिकारी, अन्तराष्ट्रिय समितिमा राजकिशोर यादव र शिक्षामा दीपक कार्की परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved