भारतको उत्तरप्रदेशका पूर्व सांसद अतीक अहमदको प्रहरी हिरासतमै गोली हानी हत्या

नेपालभ्युज

भारतको उत्तरप्रदेशका पूर्व सांसद अतीक अहमदको प्रहरी हिरासतमै गोली हानी हत्या

काठमाडौं। भारतको उत्तर प्रदेशका पूर्व सांसद एवं बाहुबली नेता अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ । उनीहरु लामो समयदेखि प्रहरी हिरासतमा थिए ।

हिरासतकै बीच उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको थियो । भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ ।

अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो । अतिक र असरफमाथि गोलि चलाउने ३ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

स्वास्थ्य परीक्षणका लागि गाडीबाट उत्रिएर पैदल हिडिरेका अतिक र असरफले संचारमाध्यमसँग कुरा गरिरहेका बेला गोली प्रहार भएको देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved