प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया ढिलो भएकोमा नेपाल बारको असन्तुष्टि

नेपालभ्युज

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया ढिलो भएकोमा नेपाल बारको असन्तुष्टि

काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै डेढ साताभित्र नियुक्त गर्न अल्टिमेटम दिएको छ।

एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरूले प्रधानमन्त्री, सभामुख लगायतको पटक-पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायापालिकालाई लामो समय नेतृत्वविहीन बनाइएको आरोप लगाए।

प्रधानन्यायाधीश छिटो नियुक्तबारे ध्यानाकर्षण गराउन भोलि (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने र आफूहरूले दिएको अल्टिमेटमबारे जानकारी गराउने उनी उनले बताए ।

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले न्यायपालिका सुधारका एजेन्डाहरू अलपत्र परेकाले कार्यान्वयन गराउनुपर्ने बताए ।

असोजमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाश पाएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।
२०७९ मंसिर २७ मा निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अवकाश भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलको शपथमा समेत कामु प्रधानन्यायाधीश कार्कीले शपथ खुवाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved