‘नेताको टाउको जोड्दा भएन, अब कार्यकर्ताको मन जोडेर कम्युनिष्टहरू जुट्नुपर्छ’

'परमादेशबाट एमाले नेतृत्वको सरकार हटेपछि मुलुक सङ्कटमा फस्यो'

नेपालभ्युज

‘नेताको टाउको जोड्दा भएन, अब कार्यकर्ताको मन जोडेर कम्युनिष्टहरू जुट्नुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक सङ्कटग्रस्त हुँदै गएको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक सङ्कटग्रस्त हुँदै गएको छ । कसको कारण भन्दाखेरि अराजक गठबन्धनका कारण,’ महासचिव पोखरेलले भने ।

एमाले नेतृत्वको सरकार परमादेशबाट हटाइएपछि मुलुक सङ्कटमा फस्दै गएको आरोप महासचिव पोखरेलले लगाए । ‘जब एमाले नेतृत्वको सरकार परमादेशबाट हटाइयो, त्यसपछि मुलुक सङ्कटमा फस्दै गयो,’ उनले भनेका छन् ।

उनले वामपन्थीहरू एकठाउँ उभिनुपर्नेसमेत बताए । ‘नेताको टाउको नभएर कार्यकर्ताहरूको मन जोड्दामात्रै एकता सम्भव हुने रहेछ भन्ने हामीले जानिसक्यौँ,’ उनले भने, ‘विगतमा नेताको टाउको जोड्यौँ तर, असफल भयौँ । त्यो प्रयोग असफल भयो ।’

महासचिव पोखरेलले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूलाई एमालेमा सामेल भएर बलियो राष्ट्रिय शक्ति बनाउन आह्वान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved