जोशी पक्षले भन्यो- कांग्रेससँग अब वार्ता हुँदैन

उपनिर्वाचनमा मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह

कांग्रेसका प्रतिनिधिहरूले झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न गरिरहेको आरोप लगाउँदै जोशी पक्षले अबउप्रान्त वार्ता नगर्ने जनाएको हो ।

नेपालभ्युज

जोशी पक्षले भन्यो- कांग्रेससँग अब वार्ता हुँदैन

काठमाडौं । गोविन्दराज जोशी पक्षले नेपाली कांग्रेससँग वार्ता नहुने जनाएको छ ।

कांग्रेसका प्रतिनिधिहरूले झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न गरिरहेको आरोप लगाउँदै जोशी पक्षले अबउप्रान्त वार्ता नगर्ने जनाएको हो । “आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा गर्दछौँ,” जोशी पक्षले भनेको छ ।

जोशी पक्षले उपनिर्वाचनको सन्दर्भमा मतदाताहरूलाई स्वतन्त्र छाडेको बताएको छ । “हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ,” जोशी पक्षले भनेको छ, ‘त्यसैले मतदान गर्दा २१औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम , बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछ ।’

देउवासँग दीपकराजका ५ माग, होलान् पूरा ?

सत्य, न्याय र सामाजिक समृद्धिको लडाइँ नसकिको र त्यसमा आफूहरू तयार रहेको जोशी पक्षले बताएको छ । अन्य नेताहरूलाई पार्टीको झण्डाभन्दा माथि उठेर देश र जनताको पक्षमा उभिन आह्वानसमेत गरेको छ ।

जोशी कांग्रेसका पूर्वसहमहामन्त्री हुन् । २०७४ सालमा तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएको आरोपसहित उनलाई पार्टीले कारबाही गरेको थियो । त्यसपछि कांग्रेसबाहिर रहेका उनीविरुद्धको कारबाही फुकुवा गरिएको छ । त्यसपछि कांग्रेसको संस्थापन पक्षले जोशीलाई पार्टीमा समाहित गर्न चाहेको थियो । समानजनक स्थान खोज्दै आएका जोशीले अबउप्रान्त वार्ता नहुने बताएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved