बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छः अध्यक्ष गोल्यान

नेपालभ्युज

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छः अध्यक्ष गोल्यान

काठमाडौं ।  बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन् । मंगलवार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनैपनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज वहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताएका हुन्।

उनले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताए । उनले सिबिफिनले २ अंक ब्याजदर घटाउन सुझाव दिएपनि गभर्नर अधिकारीले १० प्रतिशत ब्याजदर घटाउने पक्षमा रहेको बताएको जानकारी दिए।

अध्यक्ष गोल्यानले गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको बताए । बैंकहरुमा तरलता सहजता आएको बताए । उनले ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेकको बताए । उनले बैंकको ब्याजदर नेपाली उद्योगी व्यवसायीले वहन र सहन गर्न नसक्ने भन्दै एकल अंकमा आउनुपर्ने बताए ।

उनले भारतमा ६.५ प्रतिशत मात्रै निक्षेपको ब्याज भएको भन्दै नेपालमा ११ प्रतिशत आवश्यक नभएको बताए । उनले कर्जाको ब्याज ८ प्रतिशतमा ल्याएर निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्नुपर्ने बताए । उनले बैंकको ब्याज घटाउँदा अहिलेको अवस्थामा एक महिनामा नै लागू गर्नुपर्ने बताए।

‘बैंक तथा वित्तीय संस्थाले बैंकको ब्याज घटाउनको लागि आग्रह गर्दै आएको हो । बैंक व्यवस्थापनसँग बारम्बार छलफल गरिरहेका छौं । बैंकको ब्याज असह्य भयो । भारतमा ६.५ प्रतिशत निक्षेपको ब्याज छ भने नेपालमा ११ प्रतिशत हुनुपर्ने आवश्यकता छैन’ उनले भने, ‘केही समयदेखि बैंकहरुमा तरलताको अवस्था सहज भएको छ । आज राष्ट्र बैंकले बाहिर ल्याएको छ । अहिलेको बैंकको ब्याज नेपाली कुनै पनि उद्योगी व्यवसायीहरु र क्षेत्रले वहन र सहन गर्न सक्दैन । त्यसैले बैंकको ब्याजदर घटाउनुपर्छ ।’

‘परिसंघले सोमवार प्रधानमन्त्री ज्युलाई वैशाख १ गते बैंकको ब्याज घटाउँदा एकै पटक २ प्रतिशत घटाउन प्रस्ताव राखेको छु । त्यसको जवाफमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० प्रतिशत घटाएर ९.९ प्रतिशत लैजाउँ भन्नुभएको छ’, उनले अगाडि भने, ‘बैंकको ब्याजदरलाई महँगीसँग तुलना गरेर ८ प्रतिशतको हाराहारीमा लैजानुपर्छ । निक्षेपको ६ प्रतिशतमा लैजानुपर्छ । पछिल्लो समय ब्याजदर घट्दा ३ महिनामा लागू हुने भएको छ । अहिलेको अवस्थामा ब्याज घटेको एक महिनामा सेवाग्राहीको लागि लागू हुनुपर्‍यो ।’

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष भोजबहादुर साहले बढी ब्याज खान पल्किएका सरकारी संस्थाका कारण ब्याजदर बढेको बताए । उनले सरकारी निकायले ब्याज खाएर मात्रै बस्न नहुने भएपनि उनीहरुले ब्याज खान खोज्दा सबै क्षेत्र प्रभावित भएको बताए । उनले ब्याजदर २ प्रतिशत घटाएर ९.९ मा ल्याउन सरकारलाई आग्रह गरेको जानकारी दिए ।

उनले निक्षेप र कर्जाको ब्याजदर बैंकले स्वतन्त्र रुपमा निर्धारण गर्न नपाएको बताए । उनले कर्जा लिनेले समयमा ब्याज नतिर्दा खराब कर्जा बढेको र त्यसले गर्दा नै बैंकको नाफा नकारात्मक बन्ने स्थिति आएको बताए । उनले आन्दोलन गरेर ब्याज तिर्नु पर्दैन भनेर नसोच्न सबैलाई आग्रह गरे


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved