२ करोडको अडियो प्रकरणको छानविन गर्न रास्वपाको अनुशासन समितिको बैठक बस्दै

 सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने भन्ने बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

नेपालभ्युज

२ करोडको अडियो प्रकरणको छानविन गर्न रास्वपाको अनुशासन समितिको बैठक बस्दै

काठमाडौं। आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।

सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने भन्ने बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।

रास्वपाका समानपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई तत्कालको लागि सांसद र साधारण सदस्यबाटै निलम्बन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved