कर्णाली प्रदेश : सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले बुझाए राजीनामा

कर्णाली प्रदेश : सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले बुझाए राजीनामा

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री बनेका तीन जनाले मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार राजीनामा बुझाएका हुन्  । मुख्यमन्त्री शर्मासमक्ष नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा बुझाएका   हुन ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । चैत्र १७ गते शर्माले पुनः विश्वासको मत लिँदा राप्रपाबाहेकका दलले विश्वासको मत दिएका थिए ।

नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved