टिआरसीलाई फास्ट ट्रयाकबाट लैजान खोजेका छौं : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

टिआरसीलाई फास्ट ट्रयाकबाट लैजान खोजेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकाली न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट लैजान खोजेको बताएका छन्।

शनिबार  सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तारुढ दलको चाहना टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजाने रहेको बताएका हुन् । तर प्रतिपक्षले समितिमा लैजानुपर्ने अडान राखेको उनको बताए ।

‘हामी सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्र्याकबाटै गरौं भन्ने छ’ उनले भने,  ‘प्रतिपक्षीको समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोजौं भन्ने छ । ‘

टिआरसीसँगै संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति सुद्धीकरणसम्बन्धी विधेयकलाई  छिटो टुंग्याउनु पर्ने भन्दै उनले त्यसका लागि आफूहरूबीच सैद्धान्तिक सहमति भए पनि प्राविधिक र कानुनी पक्ष रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved