देउवासँग कुरा नमिलेपछी प्रचण्ड भेट्न शेखर पुगे बालुवाटार

भने–‘जनमतले छाडेको मन्त्रालय दिए कुरा मिल्थ्यो’

नेपाली कांग्रेसभित्रको गुटका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न कांग्रेस नेता डा.शेखर कोइराला बालुवाटार पुगेका छन्।

नेपालभ्युज

देउवासँग कुरा नमिलेपछी प्रचण्ड भेट्न शेखर पुगे बालुवाटार

काठमाडौं। नेपाली कांग्रेसभित्रको गुटका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न कांग्रेस नेता डा.शेखर कोइराला बालुवाटार पुगेका छन्।

कांग्रेस नेता डा.मिनेन्द्र रिजाललाई साथमा लिएर कोइराला प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्। सो भेटमा नेता कोइरालाले नेपाली कांग्रेसलाई थप एउटा मन्त्रालय भएमा भागबन्डा मिल्ने आशय सहित प्रस्ताव गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको र पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन आग्रह समेत गरेको स्रोतको भनाइ छ।

जवाफमा नेता कोइरालाले पनि पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने बताएका थिए । कोइरालाले जनमतका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालय कांग्रेसले पाएमा भागबन्डा मिल्ने आशय राखेका थिए। सभापति देउवाले आफ्नो समूहलाई दुई मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाको गुनासो थियो।

सभापति देउवाले शेखर समूहलाई दुई मन्त्रालय मात्रै दिने अडान लिएका छन्। उनले उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई मन्त्री बनाउने प्रस्ताव गर्दा कोइराला समूहले थप एक मन्त्रालय मागेको थियो।

अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ  । शेखर समूहले यसैमध्यबाट तीन मन्त्रालयमा अडान लिएपछि सभापति देउवा दबाबमा छन् । तर,उनले कोइरालाको कुरा मान्ने संकेत नगरेपछि कोइराला प्रधानमन्त्री भेट्न पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved