एमाले सचिव रायमाझी र पूर्व गृहमन्त्रीका सल्लाहकारमाथि मानव तस्करीको आरोप

तत्काल पक्राउ गर्न माग

नेपालभ्युज

एमाले सचिव रायमाझी र पूर्व गृहमन्त्रीका सल्लाहकारमाथि मानव तस्करीको आरोप

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले मानव तस्करीको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।

नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री बादलका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव रायमाझीको संलग्नता रहेको खबरहरू सार्वजनिक भएपछि प्रवक्ता राईले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन् ।

प्रवक्ता राईले सामाजिक सञ्जालमा लेखेका छन्–‘एमाले जस्तो पार्टीका पदाधिकारीहरू साथै राज्यको नेतृत्वमा बसिसकेका मान्छेहरूले मानव तस्करी जस्तो गलत कार्य गर्नु त्यतिकै संवेदनशील छ। यो जस्तो अपराध अरू केही हुन सक्दैन।’

उनले अगाडी लेखेका छन्–‘ठगीमा परेका पीडित युवाहरूलाई कानुन बमोजिम सबै तहको सहयोग गर्न युवा संघ नेपाल प्रतिबद्धता व्यक्त गर्दै यो अपराधमा जोडिएका सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई लगायत संलग्न सबैलाई अविलम्ब पक्राउ गरी, सत्य तथ्य छानबिन गरी कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved