स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई स्वयंसेवक शिक्षकको जागिर दिने तयारी

नेपालभ्युज

स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई स्वयंसेवक शिक्षकको जागिर दिने तयारी

काठमाडौं। नेपालका विभिन्न विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रूपमा जागिर खाने अवसर आएको छ।

विश्वविद्यालय अनुदान आयोगले स्वयंसेवा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका र कार्यविधि पारित गरेसँगै विद्यार्थीलाई विद्यालयमा पठाउन बाटो खुलेको हो।

देशका धेरैजसो सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव भएपछि विद्यार्थीको सिकाइमा समेत असर परेको भन्दै सरकारले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रूपमा पठाउन सक्नेछ।

यसरी जाने स्वयंसेवक शिक्षक स्वेच्छिक हुने र जुनसुकै क्षेत्रमा पनि काम गर्न सक्ने कार्यविधिमा उल्लेख छ। स्वयंसेवकलाई हाल तीन महिनाको निर्वाह भत्ता दिइने निर्देशिका र कार्यविधिमा उल्लेख छ।

स्वयंसेवक शिक्षकले तीन हजारदेखि पाँच हजार रुपैयाँ यातायात खर्च र ३० हजारदेखि ३२ हजार रुपैयाँसम्म निर्वाह भत्ता पाउने छन्।

विश्वविद्यालयले विद्यार्थीको योग्यता, हाजिरी र जान चाहेको क्षेत्रको आधारमा अंक दिएर स्वयंसेवक शिक्षकको छनोट गर्ने पनि कार्यविधिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved