सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकतामा : सांसद पौडेल

नेपालभ्युज

सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकतामा : सांसद पौडेल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारको न्युनतम साझा कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारी सम्बन्धी कुरालाई बढी प्राथमिकतामा राखिएको बताएका छन् ।

बिहीबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उनले चालु योजनालाई निरन्तरता दिने, देशको अर्थतन्त्र प्रणालीलाई लयमा ल्याउने, व्यवस्थित गर्ने, जनताका दैनिक सेवा सम्बन्धी विषयलाई सहजीकरण गर्न नीति, नियम बनाउने कुरा सरकारको न्युनतम साझा कार्यक्रममा पहिलो प्राथमिकतामा पर्ने दाबी गरे  ।

गठबन्धन सरकार ५ वर्षसम्म नै निरन्तर चल्ने बताउँदै उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट ल्याउनुपर्छ भन्ने पक्षमा पार्टी रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved