मोरङका ३ परीक्षा केन्द्रबाट २ सय भन्दा धेरै नक्कली परीक्षार्थी पक्राउ, एसईईमा गिरोह नै सक्रिय

नेपालभ्युज

मोरङका ३ परीक्षा केन्द्रबाट २ सय भन्दा धेरै नक्कली परीक्षार्थी पक्राउ, एसईईमा गिरोह नै सक्रिय

विराटनगर। माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा प्रहरीले ठुलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ गरेको छ । मोरङका तीनवटा परीक्षा केन्द्रबाट आज मात्रै १९९ जना पक्राउ परेका छन् ।

जिल्लाको ग्रामथान गाउँपालिका-२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सामाजिक विषयको परीक्षा दिँदै थिए।

यस्तै, केराबारी गाउँपालिका-७ स्थित सार्वजनिक माध्यमिक विद्यालयबाट १२७ जना र सुन्दरहरैचा नगरपालिका-१ स्थित जनता माध्यमिक विद्यालयबाट २० जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक माविबाट परीक्षा दिने मध्ये झण्डै आधा पक्राउ परेका छन् । बुधबार पनि दुईजना पक्राउ परेका थिए । दुई दिनमा २ सय १ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए ।

एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह सक्रिय रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved