भ्रष्ट र जनविरोधीलाई मतदान नगर्नु : प्रभु साह

नेपालभ्युज

भ्रष्ट र जनविरोधीलाई मतदान नगर्नु : प्रभु साह

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भ्रष्ट एवं मधेस विरोधीहरूलाई उपनिर्वाचनमा मतदान नगर्न आग्रह गरेका छन्।
उनले मधेसकै एउटा क्षेत्रका जनताले हराइदिएको व्यक्तिले फेरि अर्को क्षेत्रका जनता ठग्न खोजेको भन्दै त्यस्तालाई पराजित पराजित गर्नुपर्ने समेत बताए।

सोमबार बारामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले बारा २ मा भ्रष्ट र मधेस विरोधीहरूले चुनाव लड्न खोजेको र त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताए ।

बारा-२ बाट उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ लक्षित गर्दै अध्यक्ष साहले भने, ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छ ?’

उनले छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन भन्दै नुन कहिल्यै पनि चिनी हुन नसक्ने बताए। ‘त्यस्ता भ्रष्ट र जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन’ उनले भने–‘हिजोका दिनमा समग्र मधेस एक स्वायत प्रदेशको कुरा उठेको र वीरगञ्जलाई राजधानी बनाउने झुठो आश्वासन दिएको व्यक्तिलाई भोट किन दिने ?’

उपेन्द्रले बारामा बन्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ र गढीमाईको विकासका विषयमा कहिल्यै पनि एक शब्द नबोलेको बताउँदै आजपा अध्यक्ष साहले आफू शहरी विकासमन्त्री हुँदा गढीमाई र सिम्रौनगढको विकासका लागि करोडौं रुपैयाँ बजेट छुट्टयाएको दाबी पनि गरे।

‘बारा जिल्ला गौरबको जिल्ला हो । किसान आन्दोलन यही बारामा भएको थियो । हिजोका दिनमा अरुलाई अन्न दिएर पेट भर्ने जिल्ला अहिले आफै किन पछाडि पर्‍यो ?’

उनले भने–‘उपेन्द्र यादवको पार्टीले मधेसको मुख्यमन्त्रीको नेतृत्व गर्‍यो, केन्द्रमा पनि हरेक सरकारमा आफैँ मन्त्री भए, मधेसका लागि किन राम्रा काम गरेनन् ? मधेसको मानव विकास सूचांकलाई माथि पुर्‍याउने काम किन गरेनन् ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved