नेप्से परिसूचकमा २० अंकको गिरावट

नेपालभ्युज

नेप्से परिसूचकमा २० अंकको गिरावट

काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ अंक घटेको छ।

आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको सेयर कारोबार भएको छ। गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ।

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फन्ड १ को इकाइ मूल्य ६.१० प्रतिशत बढेको छ।

यता स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एसिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved