भारत भ्रमण गर्दै भुटानका राजा

नेपालभ्युज

भारत भ्रमण गर्दै भुटानका राजा

नयाँ दिल्ली । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।

भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनको भारत भ्रमण हुन लागेको हो ।

भुटानका राजाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको लामो समयदेखिको परम्परागत संस्कृति अनुरूप हुने बताइएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र वरिष्ठ अधिकारीहरूले भुटानका राजासँग शिष्टाचार भेट गर्नेछन् ।

भारत र भुटानबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध छ, जुन समझदारी र पारस्परिक विश्वासको विशेषता हो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved