कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रो पटक विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रो पटक विश्वासको मत

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शर्माले शुक्रबार विश्वासको मत पाऊँ भनी प्रदेशसभामा पेश गरेको प्रस्तावमा आज मतदान भएको हो ।

प्रदेशसभाका ४० सांसदमध्ये ३९ जनाले मतदान गरेका थिए । मुख्यमन्त्रीको पक्षमा ३८ सांसद र विपक्षमा राप्रपाका १ सांसद उभिएका थिए ।

शर्मालाई विश्वासको मत दिनेमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्रका एक-एक जना सांसद छन् ।

मौन रहेका नेपाली कांग्रेसका सांसदले अन्तिम अवस्थामा पक्षमा मतदान गरेका थिए । अल्पमतमा नपरे पनि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved