चन्दनले ल्याउँछ छालामा चमक

नेपालभ्युज

चन्दनले ल्याउँछ छालामा चमक

चन्दनलाई धेरै सौन्दर्य सामग्रीहरुमा प्रयोग गरिएको हुन्छ । यसलाई सिधै हामीले घरेलु तरिकाले पनि प्रयोग गर्न सक्छौं ।

जसले छालामा भएको चाँयापोतो, दागहरु हटाउने काम गर्छ । त्यस्तै विभिन्न रोगहरुका लागि पनि चन्दनको प्रयोग गर्न सकिन्छ ।

आर्युवेदअनुसार चन्दनका विभिन्न गुणहरुका बारेमा यहाँ बताइएको छ ।

१. चन्दनको साना टुक्रालाई भिजाएर घोट्ने र अनुहारको सम्पूर्ण भागहरुमा लगाउनाले अनुहारको चायाँपोतो हट्छ ।

२.  त्यस्तै शरीरको अन्य भागमा चन्दन घोटेर लगाउँदा छालाका समस्याहरु निको हुन्छ ।

३.  चन्दनले अनुहारको प्राकृतिक गोरोपन ल्याउने काम गर्छ ।

४.  छालासम्बन्धी सम्पूर्ण रोगहरु नष्ट गरिदिन्छ ।

५.  दिनको दुई तीन पटक दुई चम्चाको दरले खानाले ज्वरो निको हुन्छ ।

६.  चन्दनको केही टुक्राहरुलाई वा चन्दनको धुलोलाई पानीमा पकाई उक्त पानीले यौनाङ्ग सफा गर्ने र त्यसपछि चन्दनको बासनादार तेलले नियमित मासिल गर्नाले यौन रोगबाट छुट्कारा पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved