प्रधानमन्त्री प्रचण्डले भने- चितवन रङ्गशालाको समस्या दुई साता भित्रै समाधान हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरमा अलपत्र  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या दुईसाताभित्र समाधान हुने बताएका छन्।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले भने- चितवन रङ्गशालाको समस्या दुई साता भित्रै समाधान हुन्छ

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरमा अलपत्र  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या दुईसाताभित्र समाधान हुने बताएका छन्।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले  यस्तो बताए।

झन्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रङ्गशालाको काम चाँडै अगाडि बढ्ने उनको भनाइ छ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रङ्गशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ। रकम अभाव भएपछि उनले उधारोमा सामान झारेर काम गर्दा सो ऋण लागेको हो।

जुन अहिलेसम्म भुक्तानी भएको छैन। सोही कारण रङ्गशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बढेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved