संक्रमणकालीन न्यायसम्बन्धि विधेयकबारे काँग्रेस सांसद र विज्ञहरुबीच अन्तरक्रिया

नेपालभ्युज

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकबारे काँग्रेस सांसद र विज्ञहरुबीच अन्तरक्रिया

काठमाडौं ।  विज्ञहरुले शान्ति प्रक्रियाका बाँकि कामहरुलाई छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार नेपाली काँग्रेस संसदीय दलले पार्टीका सांसदहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सशस्त्र द्वन्द्व पीडितले न्याय तथा परिपूरण पाउने र समाजमा मेलमिलाप हुनेगरी शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पुर्‍याउन सरकार र संसदलाई सुझाव दिएका हुन ।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकका बारेमा गरिएको अन्तरक्रियामा विज्ञहरुले यसलाई चाँडो भन्दा चाँडो निष्कर्षमा पुर्‍याउन सुझाव दिनु भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धि ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभा पेश गरेको छ । सोही विधेयकको बारेमा विज्ञहरुले सांसदहरुलाई ब्रिफिङ गरेको र सांसदहरुले पनि सो सम्बन्धि जिज्ञासा राखेको पनि प्रमुख सचेतक लेखकले बताए ।

‘आज हामीले संसदको प्रतिनिधिसभामा प्रस्तुत भएको संक्रमणकालीन न्यायसम्बन्धि विधेयक वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयकमा छलफल गर्‍यौं । ५ जना यो क्षेत्रका जानकार विज्ञ, अत्यन्तै प्रबुद्ध व्यक्तिहरुले अहिलेको विधेयकका बारेमा धारणा राख्नु भयो’, उनले भने, ‘त्यसमा माननीयजीहरुले पनि आफ्ना धारणा, जिज्ञासाहरु राख्नु भयो । अहिले जुन संक्रमणकालीन न्यायको विषय छ । त्यसलाई चाँडो भन्दा चाँडो टुंगोमा पुर्‍याउनु पर्छ ।’

अन्तरक्रियामा ५ जना विज्ञहरुले सो संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको आवश्यकता र औचित्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved