दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ४४ करोडको कारोबार

नेपालभ्युज

दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ४४ करोडको कारोबार

काठमाडौं। पछिल्लो समय सेयर बजारमा  सकारात्मक संकेत देखिएको छ । सोमबार बढेको नेप्से मंगलबार पनि १२.१० अंकले बढेको बजार १९१८.१० विन्दुमा पुगेर रोकिएको छ ।

शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो । आज २५८ वटा धितोपत्रको ३५ हजार ९२६ वटा कारोबारबाट ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, वित्त र निर्जीवन बिमा उपसूचक घटे । अन्य उपसूचक भने बढेका छन् । यसमा पनि सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।

मंगलबार सुपरमाई हाइड्रो, सृजनसिल लघुवित्त, एसियन हाइड्रो, महिला लघुवित्त, नेरुडे लघुवित्तसहितका कम्पनीको मूल्य सबैभन्दा धेरैले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved