रामेछापमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

नेपालभ्युज

रामेछापमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

काठमाडौं। रामेछापमा एक वृद्धको हत्या भएको छ। जिल्लाको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको हत्या भएको हो।

घरमा साना नातीनीहरूसँग बुेका बेतालीको लिसेखानी टोलका शमशेरबहादुर थापा मगरको गए राति हत्या भएको प्रहरीले जनाएको छ। घटना शंकास्पद देखिए पनि कसैलाई पक्राउ गरिएको छैन।

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक रक्त श्रावका कारण उनको मृत्यु भएको हो।

श्रीमती बिरामी भई उपचार गराउन गएको र आफ्ना २ नातिनीसहित घरमा बसिरहेको अवस्थामा उनीमाथि खुकुरी प्रहार गरी व्यक्ति भागेको भनिएको छ । घट्नामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नातिनीहरू घरबाहिर निस्किएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको र थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट टोली गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved