भोजनसँगै दही खाँदा हुन्छन् धेरै फाइदा

नेपालभ्युज

भोजनसँगै दही खाँदा हुन्छन् धेरै फाइदा

एजेन्सी । बिहानको खानामा दहीको सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । दहीमा पाइने तत्वले रफ्तारमा रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छन् ।

यसमा पाइने एन्टीअक्सीडेन्टले शरीरमा धेरै प्रकारका फाइदा दिन्छ । दहीमा त्यस्तो गुण हुन्छ जसले पाचनतन्त्र बलियो बनाउँछ । दिनको खानामा दही समावेश गर्दा  ग्यास, कब्जियत, अपच जस्ता समस्या कम हुन्छ ।

दहीले शरीरलाई डिटक्स गर्ने काम गर्छ, जसले गर्दा छालामा पनि चमक आउँछ । दहीको सेवनले अनुहारको दागधब्बाबाट पनि छुट्कारा पाउन सकिन्छ ।

दहीले मेटाबोलिज्मको प्रक्रियालाई छिटो बनाउँछ जसले गर्दा दिनमा खाएको भोजन पचाउन मद्दत गर्छ । खानामा दहीको सेवनले शरीरमा जम्मा भएको खराब तत्वलाई बाहिर निकाल्न पनि सहयोग गर्छ । जसले गर्दा पेट स्वस्थ रहन्छ ।

त्यसैले तपाईंले खानासँगै दहीको सेवन गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved