अर्थतन्त्रलाई जोगाउन अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्छ : ढकाल

नेपालभ्युज

अर्थतन्त्रलाई जोगाउन अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्छ : ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप बिग्रनबाट जोगाउन र मुलुकभित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौं प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई बढी नियन्त्रण गर्ने प्रयास गर्दा अहिलेको असहज परिस्थिति सिर्जना भएको र नीतिगत सुधार नगरी यसलाई सही बाटोमा ल्याउन नसकिने बताएका छन् ।

“विगतमा अर्थतन्त्र सुधार गर्न राज्यले लिएका नीतिहरूले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सकेन । यसले उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सकेन । अब अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने जरुरी हुन्छ,” उनले भने ।

उनले अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

“सबै क्षेत्र अप्ठेरोमा परेका छन् । बैंक वित्तीय संस्था पनि निजी क्षेत्रकै अंग हुन । बैंक वित्तिय संस्थालाई मात्रै गाली गरेर हुँदैन । यो नीतिगत अस्थीरताले सिर्जना गरेको समस्या हो । यसको समाधान आन्दोलन गरेर पनि हुँदैन,” उनले भने “यसका समाधान सरकार, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर गर्नुपर्छ ।”

उनले सुन्दर सुदूरपश्चिम अभियानलाई बढवा दिन सके सुदूरपश्चिममा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved