एसीसी प्रिमियर कपको तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल र मलेसिया भिड्ने

नेपालभ्युज

एसीसी प्रिमियर कपको तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल र मलेसिया भिड्ने

काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ।एसीसीले बिहीबार नेपालमा आयोजना हुने क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

खेल तालिकामा नेपाल कतार, मलेसिया, साउदी अरेबिया र ओमानसँगै समूह ‘ए’मा रहेको छ। यूएई, हङकङ, सिङ्गापुर, बहराइन, र कुवेत भने समूह ‘बी’ मा रहेका छन्। प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा मूलपानी मैदानमा खेलाइनेछ।

वैशाख ५ गते हुने पहिलो खेलमा नेपाल र मलेसिया आमने सामने हुनेछन्। वैशाख ८ गते नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ। साउदी अरेबिया र नेपाल भने वैशाख ११ गते भिड्दै छन्। वैशाख १४ गते नेपाल र कतार आमने सामने हुनेछन्।

समूह ‘ए’ र ‘बी’ का दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। सेमिफाइनल विजयी टोली फाइनलमा पुग्नेछ।

प्रतियोगिताको फाइनल वैशाख १८ गते हुनेछ भने फाइनल विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गर्नेछ।

प्रतियोगितामा शीर्ष ३ मा पर्न सफल टोली भने एसिया इमर्जिङ कपमा सहभागी हुन योग्य हुनेछन्।

खेल तालिका

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved