स्ववियु निर्वाचन : २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु अगाडि

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु पहिलो स्थानमा छ।

नेपालभ्युज

स्ववियु निर्वाचन : २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु अगाडि

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु पहिलो स्थानमा छ।

अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो। त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै ७९ कलेजमा निर्वाचित नेविसंघ दोस्रो स्थानमा छ।

त्यस्तै अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ। ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूहलगायतले चुनाव जितेका छन्।

तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ। ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन।

त्यसतै विप्लव निकट विद्यार्थी सङ्गठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी सङ्गठनहरूले १-१ कलेजमा निर्वाचन जितेका छन्।

निर्वाचन रोकिएका कलेजहरूमा चैत १२ गते अगावै निर्वाचन गराउन त्रिविले निर्देशन दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved