स्ववियु निर्वाचन : शंकरदेवमा खस्यो जम्मा ३७ प्रतिशत मत

नेपालभ्युज

स्ववियु निर्वाचन : शंकरदेवमा खस्यो जम्मा ३७ प्रतिशत मत

काठमाडौं ।  स्ववियु निर्वाचनमा  शंकरदेव क्याम्पसका जम्मा ३७ प्रतिशत मत  खसेको  छ । स्ववियु निर्वाचन समितिका अनुसार ८ हजार ४८८ मतदाता विद्यार्थी मध्ये जम्मा तीन हजार १७७ मत मात्रै खसेको हो  ।

२१ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा अध्यक्ष पदको लागि ११ उम्मेदवार सहित प्रत्यक्ष तर्फबाट ५२ जना उम्मेदवार मैदानमा रहेका छन् ।

स्ववियुमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक/ एक जना अध्यक्ष,  सचिव र  कोषाध्यक्ष  निर्वाचित हुनेछने भने  ८ जना सदस्इहरु निर्वाचित हुनेछन् । यस्तै  समानुपातिक प्रणालीमार्फत्  १० जना उम्मेदवार निर्वाचित हुनेछन्  ।

यो क्यापसमा  १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved