सुर्खेत उडेको बुद्धको जहाज बीचबाटै किन भयो ‘डाइभर्ट’ ?

नेपाल भ्युज

सुर्खेत उडेको बुद्धको जहाज बीचबाटै किन भयो ‘डाइभर्ट’ ?

काठमाडौं। काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज मध्य आकाशबाटै पुनः काठमाडौं फर्किएको छ।

उडिरहेको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेबित्तिकै जहाज काठमाडौं फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि आकाशबाट फर्काइएको विमानस्थल स्रोतले जनाएको छ।

६२ जना यात्रु लिएर उडेको जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

यता प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुईजना प्रविधिकलाई काममा रोक लगाइएको छ । जहाजमा ६२ जना यात्रु रहेका  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved