शरीरका खराब कोलेस्ट्रोल नियन्त्रणका लागि जान्नुहोस् हरियो प्याजका फाइदाहरू

नेपाल भ्युज

शरीरका खराब कोलेस्ट्रोल नियन्त्रणका लागि जान्नुहोस् हरियो प्याजका फाइदाहरू

एजेन्सी। शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढेमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन्छ । जसलाई समाधान गर्न सजिलो उपाय छ ।

कोलेस्ट्रोल बढ्दै गएमा यसलाई कम गर्न हरियो प्याजले तपाईंलाई सहयोग गर्न सक्छ । यसलाई प्राय: तपाईं तरकारी वा सलादको रूपमा खान सकिन्छ ।

आउनुहोस् जानौं हरियो प्याजले कसरी खराब कोलेस्ट्रोल कम गर्छ –

हरियो प्याजमा  कपर, सल्फर, म्याग्नेसियम, पोटासियम, फाइबर, भिटामिनहरू तथा मिनरल्स जस्ता पोषक तत्वहरू पाइन्छन्।

यसको सेवनले शरीरमा रहेका खराब कोलेस्ट्रोल सन्तुलनमा आउन सक्छ । यसले रक्तचाप पनि सन्तुलित बनाउँछ । साथै, हृदयसम्बन्धी रोगहरूको जोखिम पनि कम गर्छ ।

हरियो प्याजको नियमित सेवन गरेमा आँखाका लागि पनि फाइदाजनक हुन्छ । साथै यसले हड्डी बलियो बनाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, छाला चम्किलो बनाउँछ । त्यस्तै यो मधुमेहका रोगीहरूका लागि पनि फाइदाजनक हुन्छ ।

हरियो प्याज खाने तरिका

– सिधा सिधा काँचो सेवन गर्न सकिन्छ।

– सलादमा मिसाएर खान सकिन्छ।

– तरकारीहरूमा मिसाएर खान सकिन्छ।

– टुसा उमारेको गेडागुडीहरूमा मिसाएर खान सकिन्छ।

– परौठाहरूमा मिसाएर बनाउन सकिन्छ।

– धनियाँ जसरी तरकारी दालमा पछि राखेर पनि खान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved