प्रधानमन्त्रीले दिए नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई

नेपालभ्युज

प्रधानमन्त्रीले दिए नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन् । ‘नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन् ।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार भएको मतदानमा उनि आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतको साथ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved