एकदिवसीय विश्वकपमा पुग्न नेपालले अब कुन कुन देशसँग खेल्नुपर्छ ?

७ वटा देश अहिले नै सुपर ८ मा पुगिसकेका छन् । दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्डमध्ये एउटा टिम पनि सुपर ८ मा पुग्नेछ । जिम्बावेमा हुने छनोटबाट २ वटा देश समेत गरेर विश्वकप खेल्ने १० वटा देशको टुंगो लाग्नेछ ।

नेपालभ्युज

एकदिवसीय विश्वकपमा पुग्न नेपालले अब कुन कुन देशसँग खेल्नुपर्छ ?

काठमाडौं । विश्वकप क्रिकेट लिग टू का पछिल्ला १२ वटा खेल मध्ये ११ वटा खेलमा विजयी हुँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । जित्नैपर्ने खेलमा विहीबार यूएईमाथि रोमाञ्चक जित निकालेर नेपाल सिधै विश्वकपको छनोटमा पुगेको हो ।

आउँदो नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न नेपालले अब के गर्नुपर्छ र कुन कुन देशसँग खेल्नुपर्छ भन्नेमा धेरैको चासो छ ।

विश्वकप खेल्नको लागि नेपालले आउँदो जुन र जुलाईमा जिम्बावेमा हुने १० वटा देश सम्मिलित छनोट खेलमा उत्कृष्ट नतिजा निकाल्नुपर्ने हुन्छ ।

एक दिवसीय विश्वकपमा १० वटा देशले खेल्नेछन्। १० देशमध्ये शीर्ष ८ वरियतामा पर्ने देशले सिधै सुपर ८ खेल्ने पक्का हुन्छ । सुपर ८  खेल्ने देशमध्ये ७ वटाको टुंगो लागिसकेको छ । भारत, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान सुपर ८ मा पुगिसकेका छन् । जिम्बावेमा हुने छनोटबाट २ वटा देश समेत गरेर १० वटा देशको टुंगो लाग्नेछ ।

दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्डमध्ये एउटा टिम सुपर ८ मा पुग्नेछ भने यी मध्ये ३ वटा देशले नेपालले जस्तै जिम्बावेमा छनोट खेलेर मात्रै विश्वकपमा जान पाउनेछ ।

यसको मतलब हो नेपालले दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्डमध्ये कम्तिमा एउटा टिमसँग पनि छनोट खेल्नेछ ।

अब कुरा गरौँ जिम्बावेमा हुने छनोटमा १० वटा कुन कुन देशले खेल्दैछन् भनेर ।

छनोटमा खेल्नेमध्ये दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्डमध्ये तीन देश हुनेछन् । यस्तै, जिम्बावे र नेदरल्याण्ड तथा लिग टु को शीर्ष ३ मा परेका स्कटल्याण्ड, ओमान र नेपाल गरेर पाँच वटा देश हुनेछन् ।

छनोट खेल्ने बाँकी २ देश क्वालिफायर प्लेअफबाट आउनेछन् । क्वालिफायर प्लेअफमा नामिबिया, अमेरिका, पपुवा न्युगिनि, यूएई, जर्सी र क्यानडा रहेका छन् । यी ६ मध्ये २ देशसहित छनोटमा १० देश हुनेछन् ।

छनोटमा पुगेका १० देशलाई २ समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष टोली अर्थात १० देशमध्ये २ वटा देशले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved