खुकुरीसहित पक्राउ परे अनेरास्ववियूका नेता

नेपालभ्युज

खुकुरीसहित पक्राउ परे अनेरास्ववियूका नेता

काठमाडौं ।  रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जना विद्यार्थी पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार  स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि उनलाई प्रकाउ गरिएको हो । पक्राउ पर्नेमा बैतडीका मनोज चन्द रहेको बताइएको छ  ।

क्याम्पसमा मनोनयन दर्ताको विषयलाई लिएर एमाले निकट अनेरास्ववियु र एसनिकट अनेरास्ववियूबीच विवाद हुन थालेपछि चन्दलाई खुकुरीसहित नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको उनले बताए ।  आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved